नेपाल । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा मुक्का प्रहार भएको छ ।
‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेको प्रसाईँमाथि बिहीबार बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।
प्रसाईँलाई आक्रमण गर्ने गौतमलाई प्रहरीले पक्राउ गरेको छ । आफूलाई नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको प्रसाईँले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्