कोलोराडो । अमेरिकाको कोलोराडोमा सक्रिय रकी माउन्टेन फ्रेन्डस् अफ नेपालले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
अप्रिल २६ मा साँझ ५ बजे शुरु हुने उक्त कार्यक्रममा लोक गायक बिमल डाँगीको विशेष प्रस्तुती रहने छ भने स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने छन् ।
कार्यक्रम वेस्ट मिनिस्टर स्थित अल्ट्रा लाउञ्जमा हुने छ । सोही समारोहका बीच संस्थाको स्मारिका पनि बिमोचन गरिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्