६ बैशाख २०८२, शनिबार

आइपीएलमा मुम्बई इन्डियन्सद्वारा सनराइजर्स हैदराबाद पराजीत

कोलोराडोखबर संवाददाता , April 18th, 2025

नेपाल । सनराइजर्स हैदराबादलाई ४ विकेटले हराउँदै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा तेस्रो जित निकालेको छ ।

तेस्रो जितपछि मुम्बईको प्लेअफ सम्भावना कायम छ । ७ खेलमा ६ अंक जोडेको मुम्बई सातौँ स्थानमा छ। ४ अंकको हैदरावादको पनि सम्भावना जिवितैछ । तर, यो हारले भने अन्य टोलीको प्रदर्शनमा भर पर्नुपर्नेछ । शीर्ष स्थानको दिल्ली क्यापिटल्सको ६ खेलबाट १० अंक रहेको छ।

मुम्बईस्थित वान्खडे रंगशालामा टस हारेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो । जवाफमा मुम्बईले १८.१ ओभरमा ६ विकेट गुमाउँदै जित निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्