नेपाल । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राडा खड्ग केसीले पाउनुभएको छ ।
प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष केसीलाई बढीमा तीन महिनाका लागि काम गर्नेगरी जिम्मेवारी तोक्नुभएको हो ।
उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गएको चैत ३१ गतेको निर्णयानुसार शिक्षाध्यक्ष केसीलाई जिम्मेवारी तोकिएको हो ।
विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले दिनुभएको राजीनामा गएको चैत २८ गते स्वीकृत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्