नेपाल । कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा यस पटक ३१ औँ पटक फेरी आरोहण गर्ने हुनु भएको छ ।
उहाँ आरोहणका लागि आधार शिविर तर्फ हिँडी सक्नु भएको छ । सबै भन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने आरोही कामीरिता हुनुहुन्छ । उहाँले यस पटक आफ्नो विश्व कीर्तिमान आफैले तोड्ने हुनु भएको हो ।
उहाँले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ज गर्नुभएको थियो । पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दिनुभयो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्