३ बैशाख २०८२, बुधबार

बिचौलियाका कारणले अर्थतन्त्रमा समस्या आएको गगन थापाको जिकिर

कोलोराडोखबर संवाददाता , April 16th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौली फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलीका कारणले आएको जिकिर गरे । उनले बिचौलीहरूको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

पहिला पहिला राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले बिचौलीको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भए मात्रै राज्य बलियो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्