कोलोराडो । अमेरिकाको कोलोराडोमा नेपाली नयॉं बर्ष २०८२ को पूर्व संध्यामा नियमित रुपमा रक्तदान गरौं र जीवनदान गरौं भन्ने मान्यताका साथ सम्पन्न रक्तदान कार्यक्रम मार्फत १० जनाले रक्तदान गर्नु भएको छ ।
ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो च्याप्टर र रिभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा रक्तदाताहरुको संख्या १० रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेस https://www.revivemedicalwellness.net/ का मेडिकल डाइरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिनु भयो ।
यसरी स्वतस्फुर्त नियमित रुपमा रक्तदान गर्नेहरु मध्ये टीका पौडेलले ३८ औं पटक रक्तदान गर्नु भएको थियो ।
त्यस्तै अन्य रक्तदान गर्नेहरुमा विकाश त्रिपाठी, तारा अधिकारी, लिजा श्रेष्ठ, Marcus Haliw, Mark Morin, Shannon Conner र Aaron Conner रहनु भएको थियो । यस पटकको रक्तदानमा अर्जुन दहाल र रोशन शाहले जिवनमा पहिलो पटक रक्तदान गरी सहभागी हुनु भएको थियो ।
रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै सबै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठीले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्