अमेरिका । अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे पनि संकटमा परेको छ । गत भदौमा सुनसरीका युवराज श्रेष्ठसँग बिहे गरेकी उनले श्रीमानसँग छुट्टिने निर्णय गरेकी हुन् ।
अहिले अभिनेत्री लम्साल उनीद्वारा अभिनित फिल्म ‘घरः बट इन अमेरिका’ लागि प्रमोसनमा व्यस्त छिन् । केहीअघि अरुणिमाले सामाजिक सञ्जालबाट बिहेका तस्विहरू हटाएकी थिइन् । त्यहीबेला उनीहरूको सम्बन्ध ठिक नभएको खबर बाहिरिएको थियो।
वैवाहिक सम्बन्ध नटिक्नुमा अरुणिमाले श्रीमानलाई दोष दिएकी छिन् । सुनसरीका कांग्रेस नेतासमेत रहेका युवराजले बिहेअघि आफूसँग धेरै कुरा ढाँटेको उनको आरोप छ।
अरुणिमाले वारेसमार्फत मुद्दा दायर गरेकी हुन् । यसअघि अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्