नेपाल । नेपाल शिक्षक महासंघ कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने भएको छ । सोमबार विज्ञप्ति जारी गरी महासंघले परीक्षामा सहभागी नहुने निर्णय गरेको हो ।
कक्षा १२ को परीक्षा वैशाख ११ गते शुरु हुँदैछ । नयाँ शैक्षिक सत्र शुरु भएसँगै सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षक सडक आन्दोलनमा छन् । सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्