३ बैशाख २०८२, बुधबार

समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकियोः देउवा

कोलोराडोखबर संवाददाता , April 14th, 2025

नेपाल । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको संविधान सबैलाई मिलाउन सक्ने र पूर्ण समानुपातिक आधारमा बनेको बताएका छन् ।

आइतबार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी संविधानकै कारण राज्यका हरेक निकायमा सबैलाई समेट्न सकिएको बताए ।

उनले सबैलाई मिलाएर अघि बढ्ने संविधान भएका कारण कुनै पनि पार्टीको बहुमत आउन भने गाह्रो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्