११ आश्विन २०८१, शुक्रबार

रुस-युक्रेन युद्धमा लमजुङका गुरुङको मृत्यु

कोलोराडोखबर संवाददाता , January 17th, 2024

नेपाल । रुसबाट नेपालीका लागि फेरि अर्को दुःखद् खबर आएको छ । रुसी सेनामा भर्ती भएका लमजुङका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको हो ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको एक साता भएको छ ।

प्रतिक्रिया दिनुहोस्