–लक्ष्मण आचार्य–
देऊ मासिक तलब भन्नू परेको छ
कति भन्नू अझै थप भन्नू परेको छ
जसबाट अक्षर चिन्यौ उहीँ उपेक्षित
अझै नि कैयौँ पटक भन्नू परेको छ
सत्ता हुँदा एउटा कुरा बाहिर अर्को
उम्लिसक्यो मेरो रगत भन्नू परेको छ
थोत्रिएर गइसक्यो पञ्चायती कानुन
फेरिदेऊ ऐनको कागत भन्नू परेको छ
सडकमा पुगेका छौँ गुरु–गुरुआमा
देखाइदिऊँ त तागत भन्नू परेको छ ।
–चन्द्रपुर, रौतहट ।
प्रतिक्रिया दिनुहोस्