३ बैशाख २०८२, बुधबार

कोलोराडोमा अप्रिल २६ मा अध्यागमन कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , April 10th, 2025

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको आयोजनामा यही अप्रिल २६ मा अध्यागमन कानुन सम्बन्धी जानकारीमूलक कार्यक्रम हुने भएको छ ।

अध्यागमन कानुन सम्बन्धी जानकारी दिन आयोजित Immigration law insight with attorney कार्यक्रमका लागि वकिल बासु फुलारा कोलोराडो आउनु हुने एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रम Drury Plaza Hotel, Westminster मा दिउँसो १२ बजे देखि ३ बजे सम्म सञ्चालन हुनेछ ।

उक्त कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा र समस्याहरुबारे जानकारी लिनु हुन कोलोराडो निवासी सबैजनालाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रण गरिएको अध्यक्ष जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्