५ बैशाख २०८२, शुक्रबार

‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ रिजाललाई प्रदान

कोलोराडोखबर संवाददाता , April 10th, 2025

नेपाल । साहित्यिक पत्रकार तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक–प्रकाशक नगेन्द्रराज शर्माको सम्मानमा स्थापित ‘नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ द्वारा नवप्रज्ञापनका त्रैमासिकका सम्पादक नवराज रिजाल पुरस्कृत हुनुभएको छ ।

शर्माको ८८ औँ जन्मोत्सवका अवसरमा आयोजित एक समारोहमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, पुरस्कार कोषका संरक्षक शर्मा र कोषका अध्यक्ष पवन आलोकलगायतले रिजाललाई सम्मानपत्रका साथै नगद राशि २५ हजार प्रदान गर्नुभएको थियो ।

उक्त अवसरमा साहित्यिक पत्रकारको विगत र वर्तमान अवस्थाका बारेमा चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्