अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आउँदो अक्टोबरमा हुने १२औं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनको तयारी प्रारम्भ गरेको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार सम्पन्न पदाधिकारी बैठकले सबै राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूलाई २०२५ अप्रिल १५ भित्र संघको मेम्बर इन्फरमेसन सिस्टममार्फत सदस्यता खुला गर्न निर्देशन दिएको छ ।
बैठकले एमआईएस प्रणाली बाहेक अन्य माध्यमबाट प्राप्त सदस्यतालाई मान्यता नदिने निर्णय गरेको छ । साथै, संघको निर्देशन अवज्ञा गर्ने एनसीसीहरूलाई केन्द्रीय स्तरबाट सदस्यता वितरणका लागि प्रमाणीकरण गर्ने व्यक्ति तोकिनेछ ।
प्रतिक्रिया दिनुहोस्