४ बैशाख २०८२, बिहीबार

रवीन्द्र मिश्र र धवल शमशेर अझै १५ दिन प्रहरी हिरासतमा

कोलोराडोखबर संवाददाता , April 9th, 2025

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता रबीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा थप १५ दिन हिरासतमा बस्नु पर्ने भएको छ।

काठमाडौं जिल्ला अदालतले राप्रपाका नेताहरू मिश्र र राणलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार सो म्याद थप भएको हो ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको तथा उक्साएको उनीहरूमाथि आरोपमा प्रहरीले सोही राती पक्राउ गरेको थियो ।

उक्त आरोपमा पक्राउ गरिएका नेताद्वयसहित २० जनालाई अनुसन्धानका निम्ति थप १५ दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्