४ बैशाख २०८२, बिहीबार

राजा फर्कने कुनै सम्भावना छैनः माधव नेपाल

कोलोराडोखबर संवाददाता , April 9th, 2025

नेपाल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालको परिस्थितिमा देशमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।

पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राजा फर्काउने कुरा केवल दिवा सपनामात्र भएको बताए।

अध्यक्ष नेपालले देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए । देशमा अराजकता बढ्दा सरकारले केही गर्न नसकेको उनको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्