४ बैशाख २०८२, बिहीबार

जुन ३ मा दक्षिण कोरियामा राष्ट्रपति पदको निर्वाचन हुने

कोलोराडोखबर संवाददाता , April 9th, 2025

अमेरिका । दक्षिण कोरियामा आगामी जुन ३ मा राष्ट्रपति पदको निर्वाचन हुने भएको छ।

संवैधानिक अदालतको निर्णयले निवर्तमान राष्ट्रपति यून सुक योल पदमुक्त भएपछि त्यहाँ समय अगावै राष्ट्रपति निर्वाचन हुन लागेको हो ।

देशमा सैनिक शासन लागू गर्ने घोषणा गरेबापत संसदले यूनविरुद्ध महाभियोग पारित गरेको थियो भने यसै शुक्रबार संवैधानिक अदालतले महाभियोगलाई अनुमोदन गरेसँगै युन बर्खास्त भएका थिए ।

संवैधानिक अदालतको फैसलाको चार दिनपछि कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री हाड डुक सुको नेतृत्वमा आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निर्वाचनको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्