५ बैशाख २०८२, शुक्रबार

अछाममा आगलागीबाट २७ वटा घर जले

कोलोराडोखबर संवाददाता , April 9th, 2025

नेपाल । अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । आगलागीका कारण बजारमा रहेका २७ वटा घरटहरा जलेर नष्ट भएको छ ।

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर मंगलबार साँझ ७ बजेतिर आगो सल्किएको थियो ।

हिमाल साउदको मोबाइल पसल, रामबहादुर राउतको जडीबुटी पसल, मञ्जु साउदको जडीबुटी पसल, रति साउदको भाडा पसल र गोकुल साउदको किराना पसल, किस्मत सुनारको सुनचाँदी पसल, खगेन्द्र साउदको किराना पसल, रतन साउदको घर र कालु सुनारको सुनचाँदी पसल नस्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरिक्षक जय पार्कीले जानकारी दिए ।

रातभरको प्रयासमा आगो पूर्णरूपमा नियन्त्रणमा आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्