२५ चैत्र २०८१, सोमबार

गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो

कोलोराडोखबर संवाददाता , April 7th, 2025

नेपाल । आईपीएल २०२५ मा सनराइजर्स हैदराबाद (एसआरएच) ले लगातार चौथो हार बेहोरेको छ । घरेलु मैदानमा भएको खेलमा गुजरात टाइटन्सले हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो । हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । हैदराबादका लागि नीतीश कुमार रेड्डीले ३१ र हेनरिक क्लासेनले २७ रन बनाएका थिए। उनीहरुले एक मात्र अर्धशतकीय साझेदारी गरे । गुजरातका मोहम्मद सिराजले ४ विकेट लिए भने प्रसिद्ध कृष्णा र साई किशोरले २(२ विकेट लिए ।

१५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६।४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । गुजरातका कप्तान शुभमन गिलले अविजित ६१ रनको शानदार पारी खेले भने शेरफेन रदरफोर्डले ३५ रनको योगदान दिए। वासिङ्टन सुन्दरले पनि ४९ रन बनाए। हैदराबादका मोहम्मद शमीले २ विकेट लिए भने कप्तान प्याट कमिन्सले १ विकेट लिए ।

यो जितसँगै गुजरात ४ खेलमा ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। हैदराबादले भने ५ खेलमा २ अंक मात्र जोड्दै अंक तालिकाको १० औं स्थानमा झरेको छ। गुजरातले लगातार तेस्रो जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्