नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी फेरि उपसभापति डोलप्रसाद (डीपी) अर्यालले पाएका छन् ।
गत शुक्रबार सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उपसभापति अर्याललाई कार्यवाहक दिइएको हो ।
सभापति लामिछानेले पक्राउ पूर्व अर्याललाई कार्यवाहक तोकेका थिए । यसअघि लामिछाने पक्राउ परेर हिरासतमा रहँदा पनि अर्याल कार्यवाहक सभापति बनेका थिए । एक हप्ता अगाडि मात्रै रवि सभापतिमा पुनः सक्रिय भएका थिए ।
प्रतिक्रिया दिनुहोस्