२५ चैत्र २०८१, सोमबार

‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं, ‘जेल भर’ अभियान चलाउँछौं’ : शाही

कोलोराडोखबर संवाददाता , April 7th, 2025

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेस कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन् ।

राप्रपा दाङ क्षेत्र नम्बर १ ले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए ।

हामी हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा आन्दोलनमा उत्रन्छौं, ‘झूटा मुद्दा लगाए हामी चुप लाग्दैनौं । ‘जेल भर’ अभियान चलाउँछौं’, शाहीले भने ।

उनले अब जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री छान्न पाउनुपर्ने धारणा पनि राखे । ‘प्रधानमन्त्रीलाई सबैले भोट हाल्ने व्यवस्था चाहिन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्