नेपाल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् ।
जनमोर्चाले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानीकेन्द्रित आन्दोलनमा उनले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्रमात्र हुने बताए ।
मुलुकको राष्ट्रियतामाथिको खतरा बढ्दै गएको भन्दै मुलुकको राष्ट्रियता रक्षाका निम्ति सबै लाग्नुपर्ने उनको भनाइ थियो । चैत ३० गतेसम्म हुने आन्दोलनका क्रममा विभिन्न स्थानमा प्रदर्शनसहितको सभा गर्ने र संघीयता खारेजीको माग गरिने अध्यक्ष केसीले बताए ।
प्रतिक्रिया दिनुहोस्