२५ चैत्र २०८१, सोमबार

हङकङमा हुने अन्तर्राष्ट्रिय टी–२० सिरिजका लागि नेपाली टोली घोषणा

कोलोराडोखबर संवाददाता , April 6th, 2025

नेपाल । हङकङमा यही अप्रिल ९ देखि २३ तारिखसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा रहेको टोलीमा लोकेश बम, साहब आलम, बसिर अहमद र नन्दनकुमार यादवले पुनरागमन गर्नुभएको छ ।

यस सिरिजमा आयोजक हङकङसहित नेपाल, कतार र कुवेतले प्रतिस्पर्धा गर्नेछन् । नेपालले ९ तारिख कतारसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।

यस्तै नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ । लिग चरणको शीर्ष दुई टोलीबिच फाइनल भिडन्त हुनेछ । अन्तिममा दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।

रोहितकुमार पौडेल (कप्तान) सहित कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलसन झा, कुशल मल्ल र शाहब आलमले सिरिजमा खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्