हेटौंडा(नेपाल) । झरना साहित्यिक परिवार मकवानपुरले चैत्र २३ गते आफ्नो १३४ औँ कार्यक्रमका सन्दर्भमा मुक्तक साँझ सम्पन्न गरेको छ । यस संस्थाले विसं २०६४ देखि २०६८ सम्म त्रैमासिक रूपमा गरेको र २०६८ देखि वार्षिक रूपमा चैत्रको चौथो शनिवार मुक्तकविशेष कार्यक्रम गर्ने गरेको छ ।
यस अवसरमा इलामका ७२ वर्षीय मुक्तककार शिव अधिकारी (इलामे जेठा)लाई रु. १५,५५५/– सहित शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान समर्पण गरेको छ ।
यसै गरी कक्षा ९–१२ का विद्यार्थीहरूमाझ गरिएको मुक्तक प्रतियोगिताका प्रतियोगीहरूमध्ये उत्कृष्ट बुध्द माध्यमिक विद्यालय हात्तीसुँडे, बकैयाकी मोनिका नेगीलाई रु. ५५५५/–सहितको शिवसावित्री अधिकारी नवप्रतिभा पुरस्कार प्रदान गरेको छ ।
यी सम्मान तथा पुरस्कारको स्थापना साहित्यकार रमेशमोहन अधिकारीले आफ्ना आमाबुबाको स्मृतिमा स्थापना गरेका हुन् ।
यसै अवसरमा मुक्तक लेखनमा सक्रिय युवा पुस्ताका रोमा लम्साल, सागर तिमल्सिना, डी।बी। बर्तौला तथा गायत्री रुपाखेतीले आआफ्ना छ छओटा मुक्तकहरू वाचन गरेकारेका थिए ।
यस कार्यक्रममा अर्पण पराजुली, भवानी तिमल्सिना, अजर फुयाँल, नीलहरि ढुङ्गेलले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सभाध्यक्षता झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सन्जेलले गरेका थिए भने प्रमुख आतिथ्य मुक्तककार शिव अधिकारीको रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्