२९ चैत्र २०८१, शुक्रबार

प्रिमियर लिगमा चेल्सीले टोटनह्यमलाई १-० ले हराउँदै

कोलोराडोखबर संवाददाता , April 4th, 2025

नेपाल । चेल्सी प्रिमियर लिगको शीर्ष चारमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले टोटनह्यम १–० ले हराउँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो ।

चोट मुक्त हुँदै मैदानमा फर्किएका कोल पाल्मर र निकोलस ज्याक्सनले चेल्सीका लागी प्रभावशाली प्रदर्शन गरे । पहिलो हाफमा धेरै अवसर खेर फाले पनि दोस्रो हाफको सुरूवातमै एन्जो फर्नान्डेजले हेडमार्फत् गोल गरेका थिए । खेलको ५०औं मिनेटमा फर्नान्डेजले कोल पाल्मरको उत्कृष्ट पासमा गोल गरेका हुन् ।

जितसंगै ३० खेलमा १५ जित सहित ५२ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लियो । पराजित टोटनहम तालिकाको १४औं स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्