२९ चैत्र २०८१, शुक्रबार

हुन्डी कारोबारमा संलग्न एक जना पक्राउ

कोलोराडोखबर संवाददाता , April 4th, 2025

नेपाल । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौँको महाबौद्धबाट एक जनालाई पक्राउ गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२७ स्थित महाबौद्धबाट भारतको सुजा–३ जोगिन्दर नगर घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएकी तिब्बती मूलकी २६ वर्षीया रिक्से वांमो पक्राउ परेकी हुन् ।

उनको साथबाट प्रहरीले २० लाख ९२ हजार रुपैयाँ नगद र एउटा आइफोन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी वांमोलाई काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्