२९ चैत्र २०८१, शुक्रबार

कुनै प्रकारको हिंसा आतंक, तोडफोड र आगजनी स्वीकार्य छैनः कोइराला

कोलोराडोखबर संवाददाता , April 4th, 2025

नेपाल । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई रहेको बताएका छन् ।

मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण गर्न लागिएको ‘बूढीगङ्गा पार्क’ को शिलान्यास गर्दै उनले समस्या समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने विचार राखे ।

कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्