२९ चैत्र २०८१, शुक्रबार

नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकको प्रक्षेपण

कोलोराडोखबर संवाददाता , April 4th, 2025

नेपाल । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

बिहीबार नेपाल विकास प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिले अर्थतन्त्रको सुधारमा सहयोग पुग्ने उल्लेख गरेको हो ।

विश्व बैङ्कका अनुसार चालु आवमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने छ । गत आव यस्तो वृद्धिदर ३.९ प्रतिशत थियो । चालु आवमा देखिएको सुधारले आगामी दुई वर्षसम्म पनि निरन्तरता पाउने विश्व बैङ्कले जनाएको छ । जस अनुसार आगामी दुई आवमा नेपालले औसत ५.४ को वृद्धिदर हासिल गर्ने छ ।

प्रतिवेदनले नेपालको अर्थतन्त्रका सम्भावित जोखिमलाई पनि उल्लेख गरेको छ । जस अन्तर्गत भूराजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश गरिएको छ । यसले गर्दा नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने विश्व बैङ्कको अनुमान छ । त्यस्तै सरकारले बारम्बार कर्मचारीको सरुवा गरेका कारण पुँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइलाई पनि विश्व बैङ्कले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्