नेपाल । गाउँ पर्यटनको अवधारणा विकासमा योगदान दिनुभएका डा. सुरेन्द्रभक्त प्रधानाङ्गको आत्मकथा कृति ‘फादर अफ भिलेज टुरिजम’ सार्वजनिक गरिएको छ ।
राष्ट्रिय विकास सेवामा २०३४ सालमा सुर्खेत जाँदा भेट भएका पर्यटकसँगको कुराकानी र छलफलका क्रममा गाउँ पर्यटनको विकास आवश्यक भएको बोधपछि आफूले गाउँ पर्यटनबारे छलफल र बहस चलाएको डा. प्रधानाङ्गले कृतिमा चर्चा गर्नुभएको छ ।
तीन खण्डमा विभाजित कृतिको पहिलो खण्डको ‘आफैँलाई हेर्दा’ मा संस्मरण सङ्कलन गरिएको छ । त्यस्तै आध्यात्मिक र धार्मिक शृङ्खला खण्डमा अध्यात्मसम्बन्धी धारणा र तेस्रो खण्डमा लेखकले विभिन्न समयमा पत्रपत्रिकामा प्रकाशित लेख सङ्कलन गर्नुभएको छ ।
सो खण्डमा गाउँ पर्यटनको अवधारणा विकास, यसको कार्यान्वयनलगायत विषयमा पत्रपत्रिकामा प्रकाशित डा. प्रधानाङ्गको लेख सङ्गृहीत छन् ।
प्रतिक्रिया दिनुहोस्