११ मंसिर २०८१, मंगलवार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज च्याप्टर निर्देशिका तयारीबारे छलफल

कोलोराडोखबर संवाददाता , January 15th, 2024

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्ना च्याप्टरहरूसँग छलफल गरेर ‘च्याप्टर निर्देशिका’ तयारीबारे सुरु गरेको छ ।

विश्वभर छरिएर रहेका च्याप्टरप्रतिनिधिले दिएको सुझाव र अनेसासको विधानलाई आत्मसाथ गरेर निर्देशिका तयार पार्न लागिएको अध्यक्ष गोवर्द्धन पूजाले बताए । धेरै कुरा विधानले बोलेको छ तर केही कार्यबिधि बनाउदा च्याप्टर नेतृत्वलाई सहज हुने भएकोले छलफल सुरु गरेका छौँ, अध्यक्ष पूजाले बताए ।

कार्यक्रममा बीओटी सभापति पदम विश्वकर्माले च्याप्टरले गर्नुपर्ने कार्यका बारेमा जानकारी गराएका थिए भने सल्लाहकार तीर्थराज अधिकारीले अनेसासको बिधानबारे जानकारी गराए ।

कार्यक्रममा अनेसास च्याप्टरबाट मीरा कोइराला र विष्णु पगेनी (जर्जिया), गीता बजगाईं र रीतादेवि प्रधान (क्यालिफोर्निया), राजेन्द्र केसी (नेपाल), राजु सिटौला (कोलोराडो), महेश्वर पन्त (बोस्टन), अरूण पौडेल (जापान), तारा उप्रेती, सवि श्रेष्ठ (पोर्चुगल), लक्ष्मी श्रेष्ठ (न्यूयोर्क),सौरभ कारञ्जित र डिली अमाई (बेल्जियम),रीजा प्रधान, दीपक सुवेदी र सन्तोष लम्साल (पर्थ), गणेश खड्का (अफ्रिका), महत्ता घिमिरे (क्यान्बेरा), डन कार्की (क्यालिफोर्निया), उर्मिला निर्दोषी (मिजौरी), कृष्ण कडेल (नेब्राष्का)को सहभागिता रहेको थियो ।

अनेसास अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा महासचिव विमला निरौलाको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, बिओटी कोषाध्यक्ष नेत्रबन्धू पोखरेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्