अमेरिका । स्रष्टा साँझ अमेरिकाको आयोजनामा डा. कुसुमाकर शर्मा गौतमको ‘हिउँको राप’ लघुकथा संग्रहमाथि जुम प्रविधिमार्फत परिचर्चा सम्पन्न भएको छ ।
साझा प्रकाशनबाट प्रकाशित कृतिमाथि ऋषि बस्ताकोटी, सञ्जय साह मित्र, तीर्थराज अधिकारी, ममता मृदुल, श्रीओम श्रेष्ठ रोदन, खेमराज पोखरेल, रन्जु खनाल, राजेन्द्र महर्जन, नवराज शर्मा, डा. शेखरकुमार श्रेष्ठ, मनीषकुमार शर्मा समित, डा। कपिलप्रसाद लामिछाने, हरिप्रसाद भण्डारी, विमुन्स पौडेल, विवेक शर्मा गौतम तथा निर्मला बरालले परिचर्चा गरेका हुन् ।
परिचर्चामा कृतिकार डा. गौतमले आफूलाई उकुसमुकुस भएको र त्यसलाई अभिव्यक्त गर्न आत्मसन्तुष्टिको लागि साहित्य लेख्ने गरेको बताएका छन् । आफूले देखेको र भोगेको विषयवस्तुलाई नै लघुकथाको रुपमा प्रस्तुत गरेको डा. शर्माको भनाइ छ ।
कार्यक्रमको अध्यक्षता मुक्तकमणि तीर्थराज अधिकारीले लघुकथाकार डा. गौतमको लघुकथा संग्रह मूल्यवान रहेको बताउँदै लघुकथाको रचनाविधानबारे स्पष्ट पारे ।
कार्यक्रमको सञ्चालन बज्जिका तथा नेपाली भाषाका साहित्यकार विश्वराज अधिकारीले अमेरिकाबाट गरेका थिए । कार्यक्रममा अमेरिका, क्यानडा, नेपाल तथा अन्य विभिन्न देशबाट जूम प्रविधिमार्फत सहभागी भएका थिए ।
स्रष्टा साँझ अमेरिकाले नियमित रुपमा मुख्य गरी लघुकथा केन्द्रित कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्