११ आश्विन २०८१, शुक्रबार

एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक जनवरी २१ र २२ तारिख काठमाडौंमा बस्ने

कोलोराडोखबर संवाददाता , January 14th, 2024

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको पूर्ण बैठक जनवरी २१ र २२ तारिख काठमाडौंमा बस्ने भएको छ । उक्त बैठकले एनआरएनएको दुई वर्षे कार्य योजना तर्जुमा गर्ने बताइएको छ ।

बैठकका लागि अध्यक्ष बद्रि केसी, उपाध्यक्ष डा. हेम राज शर्मा, महिला उपाध्यक्ष रोजिना प्रधान, उपमहासचिव सोम सापकोटा, सचिव डा. ज्ञानेन्द्र रेग्मी काठमाडौंमै छन् भने महासचिव गौरीराज जोशी, प्रवक्ता फणिन्द्र पन्त लगायतका अन्य पदाधिकारीहरु आगामी साता नेपाल जानेतयारीमा छन् ।

यसैक्रममा एनआरएनएले विभिन्न सहयोग घोषणा र हस्तान्तरणका कार्यक्रम पनि तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्