नेपाल । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण बुधबारबाट सुरु भएको छ ।
काठमाडौँको मण्डला थिएटरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बाजा बजाउँदै महोत्सवको सुरुवात गर्नुभयो ।
चैत १२ गतेसम्म चल्ने महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुँदै छन् । महोत्सवमा नाटकसँगै कविता, सङ्गीत, नृत्य प्रदर्शनीलगायत हुने छन् ।
महोत्सवको पहिलो दिन पशुपति राईद्वारा निर्देशित ‘उम्लिँदो खरानी र लेम्लेमा’ नाटक प्रदर्शन गरिएको थियो । त्यसपछि २३ कविले कविता प्रस्तुत गर्नुभएको थियो भने किरण नेपाली र दिप्सन पुतुवारले ‘फोकट्र्रोनिक्स’ शीर्षकमा साङ्गीतिक प्रस्तुति दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्