३ चैत्र २०८१, सोमबार

नेकपा एमालेको सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , March 17th, 2025

नेपाल । नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्दैछ ।

केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्