नेपाल । कर्णाली प्रदेशको सुर्खेतमा हुम्ला जिल्लाको संस्कृति संरक्षण समाजले प्रथम राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्न लागेको छ ।
लोप हुँदै गएको लोकसंस्कृति, वेशभूषा र चालचलनको संरक्षणका लागि प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष तीर्थराज रोकायाले जानकारी दिनुभयो ।
चैत १६ देखि २० गतेसम्म सुर्खेत जिल्लाको घण्टाघरमा हुने प्रतियोगितामा चर्चित देउडा गायक नन्दकृष्ण जोशी, देउडा गायिका रेखा जोशी, छत्र शाही, देउडा गायक नवराज भण्डारी, इब्सन सन्ज्यालको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्