३ चैत्र २०८१, सोमबार

लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान हुँदैनः माधव नेपाल

कोलोराडोखबर संवाददाता , March 16th, 2025

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताउनु भएको छ ।

समाजवादी मोर्चाले शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताउनु भएको हो ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताउनुभयो।

जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्