३ चैत्र २०८१, सोमबार

कोलोराडोस्थित नेपाली सांस्कृतिक केन्द्रमा उल्लेख्य जनसहभागितामा होली मनाइयो (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , March 16th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडो निवासी नेपाली भाषीहरुले बसन्त ऋतुको आगमनसंगै आपसी मेलमिलाप, सद्भावसंगै असत्य माथी सत्यको विजय भएको खुसीयालीमा मनाईने फागु पूर्णिमा (होली) एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् ।

नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा शनिबार दिउँसो १ बजे देखी ४ बजे सम्म नेपाली सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा होलीको शुभकामना साटासाट गर्दै आपसमा रंग लगाइ उनीहरुले होली मनाएका हुन् ।

कार्यक्रमको शुरुमा पण्डित जीवन बरालले बिधिबत पूजा सम्पन्न गरी होलीको महत्व प्रकाश पार्नु भएका थियो । त्यसपछि उहाँले सबैलाई प्रसाद लगाई दिएपछी एक आपसमा रंग लगाउने कार्यक्रम शुरु भएको थियो । कार्यक्रममा कोलोराडोमा क्रियाशील संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, कलाकार, पत्रकार, नेपाल र नेपालीको संस्कृतीलाई मनपराउने स्थानीय तथा नेपाली बाआमा, दाजुभाई दिदी बहिनीको बाक्लो उपस्थिति रहेको थियो ।

केन्द्रको प्राङ्गणमा जम्मा भएका नेपाली भाषी दाजुभाई, दिदीबहिनीहरु हातमा बिभिन्न थरीका रंग लिएर आ–आफ्ना दौतरीहरुलाई लगाउन व्यस्त देखिन्थे । होली गीतको तालमा नाच्दै होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भए पनि नेपालीहरु आफ्नो संस्कृती र चाडपर्बको जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।

कार्यक्रममा नेपाली घरका अध्यक्ष बसन्त लम्सालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै हाम्रो भाषा संस्कृती संरक्षण तथा बाल बालिका तथा स्थानीयलाई यसको पहिचाहन गराउन कार्यक्रम आयोजना गरिएको बताए । उनले हाम्रो आस्थाको केन्द्र आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न पाउंदा गर्वको महसुस भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

नेपालको पहाडी क्षेत्रमा फागु पुर्णिमाको दिन र मधेसमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ । होली नेपालसंगै भारत, पाकिस्थान, जापान, थाईल्याण्ड, क्यानडा, अष्टेलिया, ईङल्याण्ड, अमेरिका लगाएतका देशहरुमा भब्यताका साथ मनाईन्छ ।

दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्रमाबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही बेला देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाईएकी राक्षसनी पुतनाले आफ्नो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।

प्रतिक्रिया दिनुहोस्