३ चैत्र २०८१, सोमबार

राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम

कोलोराडोखबर संवाददाता , March 16th, 2025

नेपाल । पाँचथरको तुम्बेवा गाउँपालिकामा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा अछामका कवि हिक्मत रावल प्रथम हुनुभएको छ ।

प्रतियोगितामा सहभागी विभिन्न जिल्लाका २० जनालाई पछि पार्दै रावलले ५० हजार राशि नगदसहित प्रतियोगितामा पहिलो स्थानको पुरस्कार पाउनुभएको हो ।

यस्तै उदयपुरका जीवन आरोहिले दोस्रो र तेह्रथुमका भगिश्वर तेयुङले तेस्रो स्थान सुरक्षित गर्नुभएको छ। प्रतियोगितामा दोस्रो हुनेलाई नगद २५ हजार र तेस्रोलाई १२ हजार पाँच सय रुपियाँ नगदसहित पुरस्कृत गरियो ।

प्रथम ऐतिहासिक तुम्बेवा महोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पहिलो चरणमा प्राप्त भएका एक सय ३१ मध्ये छनोटमा परेका २१ जना कवि कविता वाचनमा सहभागी थिए । प्रतियोगिता कोर्काली अध्ययन केन्द्रले आयोजना गरेको थियो ।

निर्णायकको भूमिका डा. रमेश शुभेच्छुक र स्रष्टाद्वय मुनाराज शेर्मा र सुमित्रा वाङ्देल (चेली) ले निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्