१ चैत्र २०८१, शनिबार

राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी होइनः राजेन्द्र लिङ्देन

कोलोराडोखबर संवाददाता , March 15th, 2025

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताएका छन् ।

नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको उनको भनाई छ ।

उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए ।

उनले राजसंस्था र प्रजातन्त्र एक आपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरूले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्