नेपाल (हेटौंडा) । हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गते देखी सुरु भएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ ।
फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई ट्राईब्रेकरमा पराजित गर्दै किङकम भेट्रान्सले नगद एक लाख ५० हजार पाँचसय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको प्रतियोगीता संयोजक मणिराज गौतमले बताउनु भयो ।
द्वितिय हुन सफल फ्रिडम फाईटर भेट्रान्सले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको संयोजक गौतमले बताउनु भयो ।
समापन समारोहमा नगरप्रमुख लामा संगै शिक्षाविद् पूरण बहादुर जोशी,एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल,वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे,वडा नम्बर ६ अध्यक्ष विष्णु बहादुर दाहाल,वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम,वडा नम्बर ८ अध्यक्ष राम थापा,वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल,जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख माधब कोईराला, बागमती प्रदेश फुटबल सङ्घका महासचिव लवराज ठकुरी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा मुख्य प्रायोजकका रूपमा हेटौँडा उपमहानगरपालिका रहेको थियो भने सह प्रायोजकका रूपमा हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो । विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, सङ्घ संस्था तथा समाजसेवी, फुटबल खेल प्रेमीहरुको साथ सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्