नेपाल। चलचित्र ‘महाभोज’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले मंगलबार चलचित्रको पोस्टरसँगै रिलिज मिति घोषणा गरेको हो ।
यो चलचित्र आगामी जेठ १५ गते बिहीबार गणतन्त्र दिवसको अवसर पार्दै प्रदर्शनमा आउने भएको छ।
सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन। यसमा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्