अमेरिका । इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम-१६ बाट बाहिरिन पुगेको छ ।
अन्तिम–८ को लागि भएको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीसङ्ग लिभरपुलले पेनाल्टी सुटआउटमा हार बेहोर्नुपरेको हो ।
पहिलो लेगमा १–० ले अघि रहेको लिभरपुलले घरेलु मैदानमा भने १–० ले पछि पर्दै खेल पेनाल्टी सुटआउटमा लगेको थियो । जहाँ लिभरपुल सफल हुन सकेन र पिएसजी अन्तिम आठमा पुग्यो ।
दोस्रो लेगमा पिएसजीका डेम्बेलेले गोल गर्दै पिएसजीलाई एग्रीग्रेटमा बराबरी बनाएर खेललाई पेनाल्टी मार्फत जित दिलाउन योगदान गरे ।
प्रतिक्रिया दिनुहोस्