२८ फाल्गुन २०८१, बुधबार

एनआरएनएमा थप एकता र सहकार्यका लागि ‘बृहत एकता संवाद’ आयोजना

कोलोराडोखबर संवाददाता , March 11th, 2025

अमेरिका । गैर आवासीय नेपाली संघ (एआरएनए) को विभाजन रोक्न तथा थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि ‘बृहत एकता संवाद’ आयोजना गरिएको छ । नेपाल समय अनुसार मंगलबार साँझ ५ बजेदेखि भर्चुअल माध्यमबाट उक्त संवाद आयोजना गरिएको एनआरएनए आईसीसीले जनाएको छ ।

उक्त कार्यक्रमका आमन्त्रित वक्ताहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्वअध्यक्ष डा शेष घले, पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष कुमारप्रसाद पन्त, पूर्वउपाध्यक्ष एवं प्रमुख संरक्षक राम प्रताप थापा र संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास रहेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् का अध्यक्ष डा बद्री केसीले जनाएका छन् ।

एनआरएनएमा देखिएको विवादको साझा समाधान खोज्नु कार्यक्रमको उद्देश्य हो । संस्थापक सदस्यज्यूहरू, अभियन्ताहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू, वर्तमान तथा पूर्व संरक्षक तथा सल्लाहकारज्यूहरू, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू तथा सम्पूर्ण पंजीकृत सदस्यहरूमा अन्तरक्रिया कार्यक्रममा उपस्थित भइ बहुमूल्य सुझाव प्रदान गर्नुहुन एनआरएनए आईसीसीले हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्