नेपाल । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले बिहीबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा विवाह गरेका छन् ।
केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत असारमा दुबईमा इन्गेजमेन्ट गरेका थिए ।
विवाह समारोहमा दुवै तर्फका परिवार, आफन्त र केही संगीतकर्मी उपस्थित थिए । अस्मिता र महेशले सँगै विभिन्न गीतहरूमा सहकार्य गरिसकेका छन् र कतिपय कन्सर्टमा पनि एकसाथ प्रस्तुति दिएका छन्।
यी दुई गायक गायिकालाई स्रोता र दर्शकले निकै रुचाएका छन् ।
प्रतिक्रिया दिनुहोस्