नेपाल । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को पुर्ख्यौली घरमा पुगेका छन् ।
बिहीबार बिहान प्रचण्ड सहितका माओवादी नेता महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर साहको घरमा पुगेका हुन् ।
मेयर साहको घरमा माओवादी केन्द्रले कार्यक्रमसमेत गरेको छ । साहको घरमा हाल एकडारा गाउँपालिकाको कार्यालय सञ्चालनमा छ । जुन घर पालिकाले भाडामा लिएर कार्यालय संचालन गरेको हो ।
त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे । त्यस क्रममा उनले स्थानीयसँग अन्तक्रियासमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्