–लालगोपाल सुवेदी–
उडाओस् हुरीले, रुझाओस् झरीले
पिन्जरामा सुरक्षा चाहन्न चरीले
एकान्तै छ स्वर्ग विना पीर बाँचूँ
म हाँस्न चाहन्न लुकाएर आँसु
म खान्न सुनको थालभित्र चारो
स्वाधीनता नै मलाई सबैभन्दा प्यारो
यही भोक मीठो जुठो खीरभन्दा
यही भीर जाती सयौँ पीर भन्दा ।
–अमेरिका ।
प्रतिक्रिया दिनुहोस्