६ बैशाख २०८२, शनिबार

गीतः देशलाई मुक्त बनाउन छ बाँकी

कोलोराडोखबर संवाददाता , March 8th, 2025

–तुलसी घिमिरे–
बिद्रोही मनमा उठेको छ आँधी
देशलाई मुक्त बनाउन छ बाकी
आफैलाई थुपार्ने गरेका छन् सोच
अझै छ लुट्मार गरेका छन् मोज

म उठ्छु पहिले अनि तिमी उठ
एक एक गरेर सबै भाइ जुट
छ मुक्ति सम्भव यहि बाटो रोज
अझै छ लुट्मार ???

संसार आफ्नै बनाउने हो एउटै
ढल्नेछ पापी चाहे आओस् देउतै
छ शक्ति ठुलो आफैभित्र खोज
अझै छ लुट्मार ???

धनी गरीबको बिचमा छ पर्खाल
ढालेर पार्नु छ अधिकार वारपार
बाँडेर लिनु छ जति हक जो छ
अझै छ लुट्मार ???

–हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्