९ बैशाख २०८२, मंगलवार

चलचित्र ‘होस्टेल ३’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शन

कोलोराडोखबर संवाददाता , March 7th, 2025

नेपाल । चलचित्र ‘होस्टेल ३’ शुक्रबारदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । चलचित्रले उल्लेखनीय सो पनि पाएको छ ।

चलचित्रले नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० सो, दोस्रो ठुलो चेन आइएनआई सिनेमाजमा १५ सो, वन सिनेमाजमा नौ सो पाएको हो ।

हलहरूले उपलब्ध गराएको सो सङ्ख्या हेर्दा चलचित्रले आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । ‘होस्टेल’ शृङ्खलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए ।

चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिनुभएको छ भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँको पनि चलचित्रमा अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्