नेपाल । काठमाडौंको थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन बुधबार बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो ।
यसअघि पनि बबरमहल क्षेत्रमा मेलम्ची आयोजनाको पाइप फुटेर जलमग्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस्